images
images
  • अनावश्यक बिरामीलाई रिफर नदिन बिमा बोर्डको निर्देशन

    काठमाडौं- प्रथम सेवा बिन्दुबाट रिफर भई रिफरल सेन्टरमा जाँदा निकै सास्ती बेहोर्दै आएको अवस्थामा स्वास्थ्य बिमा बोर्डले बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको छ । बिमित सेवाग्राहीलाई प्रेषण प्रक्रिया सहज बनाउन यस्तो निर्देशन दिएको छ ।

    स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई  बिमितलाई रिफर (प्रेषण) नगर्न निर्देशन दिएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्ल अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताउँछन् ।

    ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त सेवा हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा स्वास्थ्य बिमा ऐन हुँदा पनि बिरामीलाई रेफर गर्ने गरेको गुनासोलाई सम्बोधन गर्न बोर्डले निर्देशन दिएको हो,’ उनले भने, ‘२०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रूपमा प्रेषण गरेको पाइएको छ ।’

    सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको उनले बताए ।

    बोर्डले सेवा उपलब्ध गराउन नसक्ने भएमा प्रेषण पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुनेगरी नजिकको स्वास्थ्य संस्थामा पठाउन निर्देशन दिएको छ ।

    अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मूल्यांकन तथा रुजु गर्दा त्यस्तो सोध भर्ना नगरिनाका साथै त्यस्ता स्वास्थ्य संस्थाको स्वास्थ्य बिमा नियमावली २०७५ अनुसूची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने  बोर्डका सूचना अधिकारी मल्लले जानकारी दिए ।

    देशभर ५ सय १० वटा अस्पताल स्वास्थ्य बिमा बोर्डसँग आबद्ध छन् । जसबाट १ करोड नागरिकले स्वास्थ्य बिमाको सेवा लिन्छन् । दैनिक ५० हजारले जनाले स्वास्थ्य बिमामार्फत सेवा लिने गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार एक महिनाको अवधिमा साढे २ अर्बबराबरको बिमितले सेवा लिन्छन् ।

    सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बिमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images