images
images
  • बालेनसँग अछाम जाँदै गर्दा लडेर टाउकोमा चोट लागेका सिटौलाको स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौं- चुनावी अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० सँगै सुदूरपश्चिमका जाने क्रममा बेहोस भएका दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

    शुक्रबार बिहान अछामबाट हेलिकप्टरबाट काठमाडौै ल्याइएका सिटौलाको टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ।

    अस्पतालका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको हो। अहिले उनको आईसीयूमा राखेर उपचार भइरहेको छ।

    रास्वपा वरिष्ठ नेता शाहसँगै शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा लडेर टाउकोमा चोट लागेको थियो। उनलाई तत्कालै जिल्ला अस्पताल, अछाम लगिएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो।

    चिकित्सकले मस्तिष्क र यसलाई ढाक्ने झिल्लीबीचको खाली ठाउँमा रक्तश्राव हुँदा यस किसिमको ‘सफ्ट स्ट्रोक’ भएको बताएका छन्। ग्रान्डी अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

    प्रारम्भिक जाँचपछि थप उपचारका लागि आईसीयूमा सारिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार, थप स्वास्थ्य जाँच हुन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images