images
images
  • रवि लामिछानेविरुद्धको मुद्दा भएन फिर्ता

    काठमाडौं– रूपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ ।

    महान्यायाधिवक्ता कार्यालयको निर्णय कार्यान्वयनका लागि परेको निवेदन सर्वोच्च अदालतमा सो विषयसम्बन्धी रिट विचाराधीन रहेकाले टुंगो लागेपछि मात्र पेश गर्नू भन्दै अदालतले अस्वीकार गरेको हो ।

    माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्चको अन्तिम आदेशपछि मात्रै निवेदन पेश गर्नू भन्ने आदेश दिएको तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images