काठमाडौं – बर्दियाको राजापुर नगरपालिका–१० मझरामा चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा सोमबार साँझ चितुवाले आक्रमण गर्दा १३ वर्षीया कमला सिंह ठकुरीको मृत्यु भएको हो ।
स्थानीयका अनुसार सोमबार साँझ करिब सवा ६ बजे आँगनमा खेलिरहेका बेला अचानक चितुवाले बालिकामाथि आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार बालिकाको घाँटीसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















