images
images
  • अखिल क्रान्तिकारीका ६ पूर्वअध्यक्ष बाजी मार्ने दाउमा

    काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा साविक माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का ६ जना पूर्वअध्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

    चुनावी मैदानमा देवेन्द्र पौडेल, कृष्णध्वज खड्का, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल र रञ्जित तामाङ छन् ।

    माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले युवा तथा नयाँ अनुहारलाई प्राथमिकता दिँदै विद्यार्थी नेताहरूलाई अघि सारेको देखिन्छ ।

    देवेन्द्र पौडेल नवलपरासी–२, खड्का प्युठान–१, न्यौपाने गोरखा–२, शर्मा काठमाडौं–६, मल्ल सल्यान–१ र तामाङ झापा–५ बाट उम्मेदवार छन् ।

    पार्टी एकतापछि नेकपा अधिकांश निर्वाचन क्षेत्रमा एक्लै चुनावी मैदानमा उत्रिएको हो ।

    जेनजी विद्रोहपछिको राजनीतिक परिवेश र वैकल्पिक दलतर्फ बढ्दो आकर्षणबीच विद्यार्थी नेताहरूका लागि प्रतिस्पर्धा चुनौतीपूर्ण भए पनि उनीहरू संगठनात्मक अनुभव र राजनीतिक इतिहासका आधारमा जित निकाल्ने दाबी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images