काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।
केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोलप्रसाद (डीपी) अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाइएको हो ।
समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ छन् ।
प्रदेश समन्वय सचिवहरूमा कोसीमा उपेन्द्र पाण्डे, मधेसमा डा. नमिता यादव, वाग्मतीमा सरिता ज्ञवाली, गण्डकीमा तोयाराज अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम र सुदूरपश्चिममा डा. कृष्ण भेटुवाल छन् ।
रास्वपाले निर्वाचन व्यवस्थापनका लागि आन्तरिक, प्रशासनिक र संचार समन्वय गरी तीनवटा उपसमिति पनि गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























