काठमाडौं– त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (माघ १५) साँझसम्म डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
स्वास्थ्य अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता डा. गोपालप्रसाद सेढाईंका अनुसार लामिछानेलाई ‘सेलुलाइटिस’ देखिएको थियो ।
माघ ५ गते जनकपुरमा चुनावी सभामा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेर घाउ इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
एन्टिबायोटिक्सले निको नभएपछि नसाबाट औषधि चलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्























