images
images
  • काठमाडौं उपत्यकामा लुट र आतंक मच्चाउने को हो ?

    काठमाडौं– काठमाडौंको मूलपानीमा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको लुटेरा समूहका मुख्य नाइके विनय तामाङ रहेको खुलेको छ ।

    बुधबार राति काभ्रे घर भएका तामाङको दायाँ खुट्टामा गोली लागेको छ र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    विनयसहित १० जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

    प्रहरीका अनुसार उनीहरूले रातिको समयमा उपत्यकामा लुटपाट मच्चाउँदै आएका थिए ।

    मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएर भाग्न खोजेपछि गोली प्रहार गरिएको हो ।

    अनुसन्धानबाट उनीहरू अहिलेसम्म उपत्यकाका २२ वटा लुटपाट घटनामा संलग्न रहेको पाइएको छ ।

    विनय यसअघि भदौ २४ मा जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जको हिरासतबाट फरार भएका थिए ।

    प्रहरीका अनुसार समूहले महिलाका कानका गहना लुस्ने र एकान्त स्थानमा लुटपाट गरी मोटरसाइकलमा भाग्ने गर्थे ।

    पक्राउ परेका सबै १० जना पटके अपराधी भएको जनाइएको छ ।

    काठमाडौं प्रहरीले घटनाबारे पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images