images
images
  • स्कुटर दुर्घटनामा युवतीको मृत्यु

    तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो ।

    दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् ।

    निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

    उनीहरू पोखराबाट दमौली आइरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images