images
images
  • कति प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको नाफा ?

    काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको खुद नाफा ११.५१ प्रतिशतले बढेर ३० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

    गत वर्ष यही अवधिमा नाफा २७ अर्ब ४३ करोड रुपैयाँ थियो ।

    आर्थिक सुस्तता, खराब कर्जा र कर्जा प्रवाहको संकुचनबीच पनि २० मध्ये ११ बैंकले नाफा बढाएका छन् ।

    नाफामा नबिल बैंक अग्रस्थानमा रहँदै ४ अर्ब ७५ करोड रुपैयाँ कमाएको छ भने ग्लोबल आइएमई दोस्रो स्थानमा छ ।

    कुमारी बैंकले खराब कर्जा नियन्त्रणसँगै ८८६ प्रतिशतले नाफा बढाउँदै तेस्रो स्थान हासिल गरेको छ ।

    नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि उल्लेख्य सुधार देखाएका छन् ।

    यता, ८ बैंकको नाफा घटेको छ भने लक्ष्मी सनराइज बैंक २७ करोड रुपैयाँ नोक्सानमा गएको छ ।

    उच्च प्रोभिजनिङ, कर्जा मागको कमी र स्प्रेड दर घट्दा केही बैंकको नाफामा दबाब देखिएको छ ।

    444 n3RMjHMckK

    प्रतिक्रिया दिनुहोस्
    images
    images