काठमाडौं– हिउँदे वर्षासँगै चिसो बढे पनि गोरखा–१ को राजनीति तातेको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि यहाँ १२ जना उम्मेदवार मैदानमा छन् ।
कांग्रेसबाट प्रेमकुमार खत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, एमालेबाट रामचन्द्र लामिछाने र रास्वपाबाट सुदन गुरुङ प्रमुख प्रतिस्पर्धी मानिन्छन् ।
२०६४ देखि २०७४ सम्म माओवादी पृष्ठभूमिका उम्मेदवारले जित्दै आएको यो क्षेत्रमा १ लाख २० हजारभन्दा बढी मतदाता छन् ।
२०७९ को समानुपातिक मतपरिणामले पनि माओवादीको पकड बलियो देखाएको छ ।
तर, यसपटक जेनजी आन्दोलनपछि उदाएका रास्वपाका सुदन गुरुङको उपस्थितिले परम्परागत गणित बिग्रिन सक्ने आँकलन छ ।
कांग्रेस र एमाले दुवै आफ्ना संगठनमा ढुक्क देखिए पनि मत विभाजनको चिन्ता स्पष्ट छ ।
डिजिटल अभियान र प्रत्यक्ष संवादमा सक्रिय गुरुङले असन्तुष्ट मतदाता तानिरहेका छन् ।
बुढीगण्डकी मुआब्जा, सडक र खानेपानीजस्ता स्थानीय मुद्दाले नतिजा प्रभावित गर्ने देखिन्छ ।
अन्ततः फागुन २१ को परिणाम सुदन गुरुङले काट्ने मतमा निर्भर रहने संकेत देखिएको छ ।
उनी गत भदौ २३ र १४ को जेनजी आन्दोलनबाट उदाएका नक्कली जेनजी प्रतिनिधि हुन् ।























