images
images
  • रूसले मध्यपूर्वका देशमा वितार गर्दै सैन्य अखडा

    मस्को– सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

    भेटमा क्रेमलिनले मध्यपूर्वमा आफ्नो सैन्य निगरानीका लागि महत्त्वपूर्ण सैन्य अड्डाहरूको भविष्य सुरक्षित गर्न सम्झौताका लागि सहमति गर्न चाहेको छ ।

    सिरियामा १४ वर्ष लामो रक्तपातपूर्ण गृहयुद्धका बेला रूस शाराका पूर्ववर्ती बशर अल–असदको प्रमुख सहयोगी थियो ।

    शाराको विद्रोही सेनाको हातबाट असदको पतनले यस क्षेत्रमा रूसको प्रभावमा ठूलो धक्का लागेको छ ।

    सिरियामा रहेका रूसी विशालसैन्य अड्डाहरूको स्थिति के रहने भन्नेमा प्रश्न उठेको छ ।

    पुटिनले त्यसयता शारासँग सम्बन्ध निर्माण गर्न काम गरिरहेको पाइन्छ, यद्यपि रूसले असद र उनकी पत्नीलाई मस्कोमा आश्रय दिइरहनु सम्बन्ध सुधारका लागि ठूलो अवरोध बनेको छ ।

    ‘हाम्रो अन्तरदेशीय सम्बन्ध पुनर्स्थापना गर्ने सन्दर्भमा धेरै काम भएको छ,’ पुटिनले शारासँगको बैठकमा भने ।

    सिरियाको उत्तरपूर्वी क्षेत्रमा कुर्द सेनाविरुद्ध शाराको हालैको आक्रमणलाई संकेत गर्दै पुटिनले भने, ‘हामीले सिरियाको क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने तपाईंको प्रयासलाई नजिकबाट नियालेका छौँ र यो प्रक्रियाले प्राप्त गरेको गतिका लागि म तपाईंलाई बधाई दिन चाहन्छु ।’

    सत्तामा आएपछि पुटिनसँगको दोस्रो भेटवार्तामा शाराले सिरियाको एकता र स्थायित्वमा मात्र नभई सम्पूर्ण क्षेत्रमा रुसको ऐतिहासिक भूमिका रहेको बताए ।

    दुवैले सिरियामा रूसको सैन्य उपस्थितिको उल्लेख गरेका छैनन् ।

    यद्यपि पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यस पहिले नै भनेका थिए, ‘दुई देशका नेताबीच हुने वार्तामा यो मुद्दा उठ्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’

    सिरियामा रूसका हमिमिम एयरबेस र सिरियाको भूमध्यसागरीय तटमा टार्टस नौसेना बेस गरी दुई बाँकी विशाल सैन्य चौकीहरू रहेका छन् ।

    यो पूर्व सोभियत संघ बाहिर रूसको केवल दुई आधिकारिक सैन्य अड्डा हो ।

    क्रेमलिनले यस हप्ताको सुरुमा कुर्दहरूको कब्जामा रहेको उत्तरपूर्वी सिरियाको कामिश्ली विमानस्थलबाट आफ्नो सेना फिर्ता गरेको थियो ।

    सिरियाले मस्कोसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ, यद्यपि रूसले बारम्बार असदलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ । –एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images