images
images
  • डोल्पामा उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, गरे कांग्रेस प्रवेश

    काठमाडौं- उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नेपाली कांग्रेस प्रवेश गरेका छन्।

    डोल्पामा उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विस्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताएका छन्।

    प्रवक्ता चालिसेले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी विस्ट र भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको बताएका हुन्।

    उनका अनुसार अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूले कांग्रेस पार्टी प्रवेश निरन्तर अघि बढेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images