काठमाडौं– साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र गिरावट आएको छ ।
बजार बन्द हुँदा नेप्से ४२.५८ अङ्कले घटेर २७२६.५१ विन्दुमा झरेको हो ।
परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ ।
३३३ कम्पनीका ३ करोड २ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा कुल १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ भने २ कम्पनी स्थिर रहे ।
सप्तकोशी डेभलपमेन्ट बैंक, दोर्दी खोला र माया खोला जलविद्युतका सेयरमा उल्लेख्य वृद्धि देखिएको छ ।
बजार घट्दा पनि कुनै कम्पनीमा नकारात्मक सर्किट लागेन ।
ओम मेगाश्री फर्मास्युटिकल्स र ट्रेड टावरका सेयर सबैभन्दा धेरै घटे ।
समूहगत रूपमा म्युचुअल फन्ड बाहेक सबै सूचक ओरालो लाग्दा फाइनान्स समूह सबैभन्दा बढी २.४२ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा राधी विद्युत अग्रस्थानमा रह्यो ।


विश्व खबर 



















