काठमाडौं– मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
सोमबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
हिजो सोमबार सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारको तुलनामा सोमबार मात्रै ५ हजार २ सय रुपैयाँले बढेको थियो ।
चाँदीको भाउ पनि बढेको छ ।
आज चाँदी प्रतितोला १ सय ५ रुपैयाँले बढेर ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ ।
हिजो चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















