images
images
  • डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु, “डेभिल्स खाउँ, मुम्बई जाउँ” अभियान सार्वजनिक

    काठमाडौं- प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै ऐतिहासिक क्षणलाई उत्सवका रूपमा मनाउँदै नयाँ उपभोक्ता अभियान सार्वजनिक गरेको छ ।

    “डेभिल्स खाउँ, मुम्बई जाउँ” नामक यस अभियानमार्फत क्रिकेटप्रेमी नेपाली समर्थकलाई टी-२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ ।

    यस अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले मुम्बईस्थित विश्वप्रसिद्ध वानखेड़े स्टेडियममा आगामी फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० विश्वकप खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । विश्व क्रिकेटका प्रतिष्ठित रंगशालामध्ये एक मानिने वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु खेल हेर्ने अवसर दिएर डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ ।

    “डेभिल्स खाउँ, मुम्बई जाउँ” अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्ने, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्ने र तीन जना साथीहरूलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न पनि प्रोत्साहन गरिएको छ ।

    विजेताले प्राप्त गर्ने पुरस्कार प्याकेजमा मुम्बई आवत-जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, प्रमुख पर्यटकीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियमसम्मको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ ।

    अभियानबारे एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी-२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण राष्ट्रका लागि गर्वको विषय भएको उल्लेख गर्दै यस अभियानमार्फत समर्थकलाई इतिहासको साक्षी बनाउने उद्देश्य रहेको बताए ।

    डेभिल्सले यस अभियानमार्फत नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै खेलकुदले जोड्ने उत्साह र भावनालाई अझ सशक्त बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images