वासिङ्टन– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आइतबार यूक्रेनको लागि अमेरिकाबाट प्रस्ताव गरिएको सुरक्षा ग्यारेन्टी दस्तावेज पूर्णरूपमा तयार रहेको बताएका छन् ।
दुई दिनसम्म चलाइएको वार्ता पछि तयार भएको यो दस्तावेजमा युक्रेन, अमेरिका र रूसका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी थिए ।
जेलेन्स्कीका अनुसार अब दस्तावेजमा हस्ताक्षरको मिति तय हुन बाँकी छ, र हस्ताक्षर पछि यसलाई अमेरिकी कांग्रेस तथा युक्रेनी संसद्द्वारा अनुमोदन गरिनेछ ।
उनले यस अवसरमा यूक्रेनको प्रयासलाई पनि जोड दिए जसअनुसार देशले सन् २०२७ सम्म युरोपेली संघको सदस्य बन्ने लक्ष्य राखेको छ र यसलाई ‘आर्थिक सुरक्षा ग्यारेन्टी’को रूपमा वर्णन गरे ।
वार्ता युएईको राजधानी अबु धाबीमा भएको थियो र यसमा कूटनीतिज्ञसँगै तीनै देशका सैन्य प्रतिनिधिहरू पनि सहभागी थिए ।
जेलेन्स्कीले रूस र यूक्रेनबीचको आधारभूत मतभेदलाई स्वीकार्दै आफ्नो देशको क्षेत्रीय अखण्डताको सम्मान अनिवार्य रहेको बताए ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि टोलीसँग वार्ता गर्दै पूर्वी यूक्रेनमा रूसले अवैध रूपमा कब्जा गरेका क्षेत्रहरूबाट युक्रेनी सेनालाई फिर्ता गर्नुपर्ने अडान राखेका छन् ।
अमेरिकी अधिकारीका अनुसार वार्तामा सबै पक्षले समझौताको लागि तयार रहनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
वार्ताका क्रममा सैन्य र आर्थिक विषयहरूसँगै युरोपकै ठूलो न्यूक्लियर पावर प्लान्ट, ज़ापोरिज्जियाको व्यवस्थापन र निगरानीको सम्भावित ढाँचा पनि छलफलमा आएको थियो, जुन हाल रूसको नियन्त्रणमा छ ।
यदि यो प्लान्ट रूसले फिर्ता नगरे युद्ध कायमै राख्ने चेतावनी र्दिका छन् । यद्यपि अर्को राउन्ड वार्ता फेब्रुअरी १ मा युएईमा सञ्चालन हुने तय भएको छ ।
यसले रूस–यूक्रेनबीचको लामो समयदेखि जारी पूर्णस्तरीय युद्धलाई समाधान गर्न नयाँ अवसर प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ । –एपी


विश्व खबर 



















