images
images
  • जर्मनीमा सयौँ विद्यालयमा एकैपटक बम विस्फोटको धम्की

    काठमाडौं– जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ ।

    राजधानी बर्लिनसहित बाडेन-वुर्टेम्बर्ग, थुरिन्जिया, स्याक्सोनी-आनहाल्ट र राइनल्यान्ड-प्यालाटिनेट राज्यका विद्यालयमा धम्कीपूर्ण इमेल पठाइएको थियो । दक्षिणपश्चिमी राज्य बाडेन-वुर्टेम्बर्गमा मात्रै ४५० भन्दा बढी विद्यालयले यस्ता इमेल प्राप्त गरेका थिए ।

    प्रहरीका अनुसार इमेलमा विद्यालय भवनभित्र विस्फोटक पदार्थ राखिएको र विस्फोट गराउने धम्की दिइएको थियो । केही विद्यालयले सावधानीस्वरूप विद्यार्थी तथा कर्मचारीलाई बाहिर निकालेका थिए ।

    बर्लिन प्रहरीले धम्की प्राप्त विद्यालय वा अन्य कुनै विद्यालयमा तत्काल खतरा रहेको सूचना नभएको जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

    पछिल्ला साताहरूमा इटाली, बेलायत, हङ्गेरी र सर्बियाका विद्यालयमा पनि यस्तै नक्कली बम धम्कीका घटना भएका छन् । ती घटनाबीच आपसी सम्बन्ध रहे-नरहेको भने स्पष्ट भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images