काठमाडौं– मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको थियो । मेयरको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अधिकारीहरूले आक्रमणका लागि जिम्मेवारहरूको खोजी गर्न अपरेसन सुरु गरेका थिए ।’
विज्ञप्तिमा भनिएको छ, ‘११ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा१० जनाको घटनास्थलमै मृत्यु भएको र अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।’
गोली लागेर १२ जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको बताइएको छ ।
शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चारवटा झोला फेला परेको थियो ।
गुआनाजुआतो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो, तर सामुहिक हिंसाका कारण देशको सबैभन्दा घातक राज्य पनि बनेको छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोको हत्याको दर एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताएका थिए ।
तर, हत्या दर अहिले पनि अन्य मुलुकको तुलनामा उच्च रहेको छ ।


विश्व खबर 



















