काठमाडौं– स्कटल्यान्डसँग ७२ रनले पराजित भएपछि नेपाल आईसीसी वुमन्स टी–२० विश्वकप विश्व छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको समूह ‘बी’ को निर्णायक खेलमा नेपालको प्रदर्शन निराशाजनक रह्यो ।
१४० रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै अलआउट भयो ।
विन्दू रावल र रोमा थापाले समान १४ रन जोडे पनि अन्य ब्याटर टिक्न सकेनन् ।
स्कटल्यान्डका अब्ताहा मक्सुदले ३ विकेट लिइन् ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भएको थियो ।
प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन् ।
नेपालकी मनिषा उपाध्यायले ४ तथा रुबिना क्षेत्रीले ३ विकेट लिइन् ।
यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग हार भोगेको नेपालले जिम्बावेलाई मात्र हराएको थियो ।
यस पराजयसँगै यसै वर्ष इंग्ल्यान्ड–वेल्समा हुने वुमन्स टी–२० विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको छ ।


विश्व खबर 



















