images
images
  • आइसिसी महिला टि–२० विश्वकप छनोट : नेपालले ट्स जित्यो

    काठमाडौं– आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

    कीर्तिपुरस्थित त्रिबि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।

    यससँगै स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ ।

    आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

    स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ ।

    नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

    यस्तै तेस्रो खेलमा भने टेष्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो ।

    नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र कविता जोशी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images