images
images
  • राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

    काठमाडौं- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । उनीहरुले गठबन्धन गरेका थिए ।

    आइतबार सम्पन्न निर्वाचनमा खुलातर्फ कांग्रेसका चन्द्रबहादुर केसी, महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अपाङ्गता अशक्ततर्फ कांग्रेसका वासुदेव घिमिरे (जङ्गली) विजयी भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले जनाएको छ ।

    निर्वाचनमा घिमिरेले नेकपाका उम्मेदवार सर्जन विकलाई पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन् । उनले ६ हजार ३२२ मत प्राप्त गर्दा विकले १ हजार ६०१ मत प्राप्त गरेका छन् । खुलाबाट केसी निर्वाचित भएका छन् । केसी ५९७७ मत भार प्राप्त गरी विजयी भएका हुन् ।

    उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका बृहस्पति अधिकारीले १८३२ मत भार प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाको तर्फबाट खुला समूहमा बमबहादुर खत्री पनि चुनावी मैदानमा उत्रिएका थिए ।

    यस्तै गुल्मीकी रामकुमार झाँक्री पनि निर्वाचित भएकी छिन् । झाँक्रीले ६३०३ मत भार प्राप्त गरी विजयी भएकी हुन् । झाँक्रीकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १३६२ मत भार प्राप्त गरेकी थिइन् ।

    राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुनावी मैदानमा होमिएकी थिइन् । निर्वाचनमा कुल ३०० मतदाता रहेकामा २८६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images