images
images
  • राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा एक सय ९१ मत खस्यो

    कर्णाली– राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा १९१ जनाले मतदान गरेका छन् ।

    कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जना, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले राससलाई जानकारी दिए ।

    उक्त निर्वाचनमा चार जनाले मनोनयन दर्ता गराएका थिए ।

    केहीबेरमा मतगणना थालिने उनले बताए ।

    अन्य क्लस्टरबाट नेपाली कांग्रेसका ललितजंग शाही र नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्मा तथा महिला क्लस्टरबाट नेकपा (एमाले) की मीनासिंह रखाल र नेपाली कम्युनिष्ट पार्टीकी अञ्जु महताराले उम्मेदवारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images