images
images
  • राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशमा कति झर्‍यो मत ?

    काठमाडौं– राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार सातै प्रदेशमा मतदान भइरहेको छ ।

    लुम्बिनी प्रदेशमा घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ ।

    निर्वाचन आयोगका अनुसार बिहान साढे १० बजेसम्म १२८ मत खसेका छन् ।

    तीमध्ये प्रदेश सभा सदस्यतर्फ ४९ र स्थानीय तहतर्फ ७९ जनाले मतदान गरेका छन् ।

    मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

    लुम्बिनीमा महिला, अपांगता तथा अल्पसंख्यक र अन्य समूहका गरी तीन रिक्त सिटका लागि मतदान भइरहेको छ ।

    कांग्रेस–एमाले गठबन्धनबाट एमालेकी रामकुमारी झाक्री, कांग्रेसका चन्द्रबहादुर केसी र वासुदेव घिमिरे उम्मेदवार छन् ।

    लुम्बिनी प्रदेशमा कुल मतभार ८५२२ छ ।

    यसमा सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको ३१७९ र एमालेको २८१० रहेको छ ।

    यस्तै, कर्णाली प्रदेशमा बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरेका छन् भने मधेस प्रदेशमा १६३ जनाले मतदान गरिसकेका छन् ।

    मधेसमा चार सिटका लागि ११ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images