images
images
  • आईसीसी महिला टी-२० विश्वकप : ग्लोबल छनोटमा पनि नेपाल पराजित

    काठमाडौं– आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

    नेपाल २ रनले पराजित भएको हो ।

    १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

    अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके ।

    त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए ।

    रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् ।

    नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।

    नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् ।

    रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

    नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए ।

    नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

    नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images