images
images
  • टी-२० विश्वकप खेल्न भारत नजाने बंगलादेशको अडान, अर्को देशलाई मौका दिने आईसीसीको निर्णय

    काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश टी-२० विश्वकप खेल्न भारत नगए अर्को देशलाई मौका दिने निर्णय गरेको छ ।

    विश्वकप खेल्न भारत नजाने बंगलादेशको अडानपछि बुधवार बसेको आईसीसीको बैठकले उक्त निर्णय गरेको हो ।

    उक्त निर्णय गर्न आईसीसीमा मतदानसमेत भएको थियो । बहुमत बोर्ड सदस्यले अर्को देशलाई मौका दिनुपर्ने मत जाहेर गरेपछि आइसीसी उक्त निर्णयमा पुगेको हो ।

    आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा खेल्ने आफ्नो अडानमा फर्कन थप एक दिन दिएको छ । उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।

    ईएसपीएन क्रिकइन्फोकाअनुसार बंगलादेशको ठाउँमा स्कटल्याण्डले अवसर पाउने सम्भावना छ । स्कटल्याण्ड युरोपेली छनोटमा नेदरल्याण्ड्स, इटाली र जर्सी पछि परेको कारण २०२६ को टी-२० विश्वकपको लागि छनोट हुन असफल भएको थियो ।

    टी-२० विश्वकप भारत र श्रीलंकामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ । बंगलादेशको समूह चरणका पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images