काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि त्यसको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन र नाराबाजी गरेका गरेका छन् ।
सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले अदालतको फैसलाविरुद्ध प्रदर्शन गरेका हुन्।
युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका नेता, कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुद्रावाद’को नारा लगाएपछि प्रहरीसँग तनाव भयो । त्यसबीच एक कार्यकर्ताले राणाको पुत्ला जलाउने प्रयास समेत गरे । यद्यपि प्रहरीले विथोलेको छ ।
संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेको छ । तर ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका छन् ।
विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेका छन् ।


विश्व खबर 



















