images
images
  • खेलकुदमन्त्री बब्लु गुप्ताले दिए पदबाट राजीनामा

    काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका उनले मनोनयन दर्ताअघि मन्त्री पद छोडेका हुन् ।

    ‘मैले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको छु,’ मन्त्री गुप्ताले भने, ‘अब औपचारिक प्रक्रिया मिलाउन मात्र बाँकी छ ।’

    उनले अब सक्रिय रूपमा चुनावी मैदानमा उत्रिने बताए ।

    जेन–जी पुस्ताको प्रतिनिधिका रूपमा उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images