images
images
  • भ्रमण आएको बस धरानमा दुर्घटना : १ बच्चासहित ५ जनाको मृत्यु, १२ जना घाइते

    काठमाडौं- जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए ।

    ‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो,’ उनले भने, ‘१ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

    उनले मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images