images
images
  • आइसिसी महिला विश्वकप छनोट : थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य

    काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाललले थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल बनायो ।

    नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । उनले ५६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाएकी हुन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् भने रुविना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् ।

    यसैगरी, पूजा महतोले १२ रन बनाइन् । यी बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    थाइल्याण्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् भने ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनिदा चातुरोंगातानाले समान एकएक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images