काठमाडौं– नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसपमा आज श्रीलंकासँग खेल्दै छ ।
खेलमा नेपाल विजयी सुरुआतको खोजिमा हुनेछ ।
यता, श्रीलंका भने पहिलो जितको खोजिमा हुनेछ ।
श्रीलंकाले यसअघि पहिलो खेलमा भुटानसँग खेल्दा ३–३ को बराबरी गरेको थियो ।
खेल थाइल्यान्डको नोन्थबुरी रंगशालामा नेपाली समय अनुसार दिउँसो २ बजे हुनेछ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा यो साफकै इतिहासमा पहिलोपटक आयोजना भएको हो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ ।
प्रतियोगिता ‘सिङगल राउन्ड रोबिन’प्रणली अनुसार सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















