images
images
  • मालपोत कार्यालयमा बिचौलियाहरुको चलखेल रोक्न मन्त्री इङ्नामले गरे तीन उपसचिवको सरुवा

    काठमाडौं– भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले मालपोत तथा नापी कार्यालयमा बिचौलियाहरुको चलखेल रोक्न तथा बेथिति हटाउन भन्दै आइतबार उपत्यकाका तीन प्रमुख (उपसचिव)को सरुवा गरेका छन् ।

    तर बिचौलियाको राज र बेथिति मालपोता भन्दा नापीमा बढी हुने गरेको छ । तर उपत्यकाका नापी कार्यालयका प्रमुखका बारेमा मन्त्रालयको रैथाने समूहले मन्त्री इङ्नामलाई गुमराहमा पार्दा मालपोतका कार्यालय प्रमुखमा मात्र निशानामा परेका छन् ।

    त्यसैले मन्त्री इङ्नामको ध्यान अब मालपोतपछि उपत्यकाका नापी कार्यालयतिर जानुपर्ने मन्त्रालय स्रो बताउँछ । इङ्नामले विभिन्न मालपोत तथा नापी कार्यालयमा छड्के गर्दैआएका छन् । मन्त्री हुनुभन्दा पहिले उनी भक्तपुर मालपोत कार्यालय गएको बेला त्यहाँ कार्यरत एक सुब्बाले इङ्नामसँग घुस मागेका थिए । ‘त्यसैले मन्त्रीज्यू मालपोत तथा नापी कार्यालयमा हुने गरेको बेथिति रोक्न निकै गम्भीर देखिनुभएको छ ।’

    कहीँकतै गुनासो आउनेवित्तिकै तुरुन्तै उहाँले ठाउँका ठाउँ कर्मचारी सरुवा गर्ने गर्नुभएको छ । नापी कार्यालयहरुबाट पनि गुनासो आाएपछि उहाँ तुरुन्तै एक्सनमा उत्रनुहुनेछ’मन्त्रालयका एक कर्मचारीले भने ।

    पछिल्ला दिनमा नापी कार्यालय भक्तपुरमा पूर्ण पाण्डे नापी कार्यालय प्रमुख छन् । यसैगरी ललितपुर नापी कार्यालयको प्रमुखमा अजित कुुँवर तथा चाबहिलमा संजय छतकुली कार्यरत छन् । यी तीनै जना प्रमुख नापी अधिकृतले बिचौलियासँग सेटिङ गरी सरुवा भएको आरोप छ ।

    केपी ओली नेतृत्वको सरकारको बेला तत्कालीन भूमिब्यवस्था मन्त्री बलराम अधिकारी हुँदा नै पाण्डेलाई भक्तपुरमा ल्याउन सेटिङ भइसकेको थियो । त्यतिबेला उनले अधिकारीका निजी सचिवालयका कबिसिंह कठायतलाई सेटिङ गरेका थिए । गएको भदौ २४ गते उनी लगायत केही नापी अधिकृतहरुको सरुवाको विषयमा सचिवस्तरीय निर्णय गर्ने प्रस्ताव गरिएको थियो । त्यसै दिन जेनजी आन्दोलन भयो । आन्दोलनपछि नापी प्रमुख अधिकृतहरुको सरुवाको विषय रोकियो ।

    भक्तपुर नापी कार्यालयमा आउने पूर्ण पाण्डेको चाहना भने रोकिएन । सेटिङमा उनी लागिरहे । नयाँ सरकार आएपछि मन्त्रालयका कर्मचारीलाई केही लाख रुपैयाँ दिएर उनी बिशेष नापी कार्यालय पाल्पाबाट भक्तपुरमा आउन सफल भए । उनको नयाँ घर भक्तपुरको बालकोटमा छ । पुरानो घर भने जुम्लामा छ । तर उनले बालकोटमा रहेको घरलाई लुकाउने गर्छन् । आफ्नो घर जुम्लामा मात्रै रहेको बताउने गर्छन् ।

    चाबहिल नापीमा संजय छत्कुलीले मन्त्रालयका एक सहसचिवलाई आर्थिक प्रभावमा पारेर आफ्नो सरुवा गराउन सफल भएका हुन् । उनी सधै आकर्षक ठाउँमा बस्ने गरेका छन् । चितवन, पोखराजस्ता आकर्षक कार्यालयमा बसेर उनी चाबहिल पुगेका हुन् ।

    ललितपुरका नापी अधिकृत कुँवर पनि शक्ति सेटिङमा निकै माहिर मानिन्छन् । उनी सधैंजसो आकर्षक कार्यालयमा बस्ने गरेका छन् । उनले पनि थैली बुझाएर ललितपुरमा आउन सफल भएका हुन् ।

    ‘मालपोतमा भन्दा बढी घुसखोरी र अनियमितता नापीमा हुने गरेको छ । नापीमा कित्ताकाटकै विषयमा लाखौं लाख अनियमितता हुने गरेको छ । नापीका कर्मचारीलाई पैसा दिने हो कम क्षेत्रफल भएकोलाई बढी र बढी क्षत्रफल भएको जग्गालाई कम क्षेत्रफल हुनेगरी कित्ताकाट गरिदिने गरेको आरोप छ । त्यसैले यस विषयमा मन्त्रीज्यूको ध्यान जान जरुरी छ’ एक कर्मचारीले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images