images
images
  • अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन : माधव नेपाल

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले धारणाप्रति आपत्ति जनाएका छन् । उन बिहान सामाजिक सञ्जालमार्फत आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत सूर्य थापाले धारणा राखेको भन्दै आपत्ति जनाएका हुन् ।

    एमाले कार्यदलले आइतबार राति १० बुँदे सहमति जारी गरेलगत्तै थापाले ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३ =१२३ मात्र । सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो, जय नेपाल,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका थिए ।

    यही स्टाटसमा नेता नेपालले आपत्ति जनाएका हुन् । ‘हिजो राती नेकपा ९एमाले०को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ,’ नेता नेपालले भने, ‘यो व्याख्या गलत र अस्वीकार्य छ ।’

    आफूहरु आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको पनि नेता नेपालले स्पष्ट पारेका छन् । उनले अगाडि भने, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images