images
images
  • डेक्लान राइस चम्किँदा शीर्षस्थानको आर्सनलको जित

    काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई हराएको छ । बर्नमाउथको मैदानमा भएको खेलमा आर्सनल ३-२ गोलअन्तरले विजयी भएको हो ।

    आर्सनलको जितमा डेक्लान राइसले २ तथा गाब्रियल मागाल्सले १ गोल गरे । बर्नमाउथका इभालिन्सन र एली जुनियर क्रुपीले ११ गोल गरे ।

    खेलमा सुरुवाती अग्रता १०औं मिनेटमा इभालिन्सनको गोलमार्फत बर्नमाउथले लिएको थियो । १६औं मिनेटमा गाब्रियलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    दोस्रो हाफको ५४औं र ७१औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई ३-१ को अग्रतामा पुर्‍याए । ७६औं मिनेटमा क्रुपीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल भएनन् ।

    घुँडाको समस्यापछि यसअघिको गेमविकमा नखेलेका राइसले यस खेलमा म्याच विनिङ प्रदर्शन गरे ।

    जितपछि शीर्षस्थानको आर्सनलको २० खेलमा ४८ अंक भएको छ र ६ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने तेस्रो स्थानको सिटीको १९ खेलमा ४१ अंक छ ।

    पराजित बर्नमाउथको २० खेलमा २३ अंकसहित १५औं स्थानमा छ ।

    गएराति नै भएका अन्य खेलमा वुल्भ्सले वेस्ट ह्‍यामलाई ३-० ले हराउँदा ब्राइटनले बर्नलीलाई २-० ले पराजित गर्‍यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images