images
images
  • एमाले वरिष्ठ नेता नेपाल विरामी, एकता सहमति हस्ताक्षरमा अनिश्चित

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनै खटिराका कारण सिकिस्त विरामी परेका छन ।

    एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताए । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहेका छैनन् ।

    वरिष्ठ नेता नेपाल विरामी परेपछि दुवै पक्षीय कार्यदलले गरेको सहमतिमा अध्यक्ष ओली र नेपालले हस्ताक्षर गर्ने सम्भावना टरेको छ ।

    एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्यदलको बैठक लगातार बस्दै आएको छ । आज विहानैबाट कार्यदलको बैठक बसिरहेको छ । तर, नेता नेपाल विरामी परेपछि आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना न्यून देखिएको छ ।

    असार २८ मा प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुअघि नै एमालेभित्र सहमति गर्ने प्रयास भइरहेको छ ।

    आज बिहान नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर निवासमा पुगी नेपालको अवस्थाको बारेमा बारेमा जानकारी लिई स्वास्थ्यलाभको कामना गरेको  सचिवालयले जानकारी दिएको छ ।

    Madhav fb

    प्रतिक्रिया दिनुहोस्
    images
    images