images
images
  • दिपक मनाङ्गे पुनः खेलकुद मन्त्रीमा नियुक्त, अचार्यले पाए उर्जा मन्त्रालयको जिम्मा

    काठमाडौं । विना विभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन् ।्जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्गेले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

    आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाउँदा मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    मुख्यमन्त्रीसँग भएको सहमतिअनुसार आचार्यले अर्थ मन्त्रालय र मनाङ्गेले भौतिक पूर्वाधार पाउनुपर्ने थियो । जेठ २९ मा मुख्यमन्त्रीसँगै शपथ लिएका कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी केही दिनअघि पाएका थिए ।

    खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images