images
images
  • एमाले कार्यदलको वैठक आज पनि बस्दै , सहमति सार्वजनिक हुने दाबी

    काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको वैठक आज  पनि बस्दै छ । आजको वैठकले एकतासम्बन्धी सहमति सार्वजनिक गर्ने नेताहरुले दाबी गरेका छन् । आज बिहान ८ बजे बस्ने कार्यदलको बैठकले सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने उनीहरुको भनाइ छ ।

    ‘विवाद समस्या समाधान गर्दै आज एमालेले आफ्ना आमकार्यकर्तालाई एकताको सन्देश दिँदैछ’, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘दलभित्रको समस्या समाधान गर्ने बिन्दुमा पुगेका छौं, सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । ’

    एमालेलाई एकताबद्ध बनाएर कम्युनिष्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि आज एकताको घोषणा गरिने उनले बताएका छन् । एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीमा देखिएको समस्या समाधानको अन्तिम बिन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताएका छन् । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images