images
images
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं– बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य १ हजार रुपैयाँले बढेको जनाएको छ ।

    जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो ।

    चाँदी पनि ५५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । यसै क्रममा बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

    अघिल्लो दिन ३ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images