images
images
  • वाग्मती प्रदेश : प्रदेशसभा गतिरोध अन्त्य गर्न मुख्यमन्त्री पौडेलले गरे प्रतिपक्षसँग वार्ता

    मकवानपुर । वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गरेको हो ।

    उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँसँग आज छलफल एवं वार्ता गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ ।

    छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विना अवरोध सञ्चालन हुने मुख्यसचेतक निरौलाले जिकिर गरे ।

    बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images