काठमाडौं– एमालेको ११औं महाधिवेशन (मंसिर २७–२९) का लागि १६५ निर्वाचन क्षेत्रमध्ये ५८ मा मात्रै मतदान भएको छ । ती क्षेत्रमध्ये पनि औसत ४६.९९ प्रतिशत मात्र संगठित सदस्य मतदानमा सहभागी भएका थिए ।
धेरै निर्वाचन क्षेत्रमा मत कम खस्नुको प्रमुख कारण कार्यकर्ताको उदासीनता, सर्वसम्मतिबारे अस्पष्ट सूचना, अव्यवस्थित प्रक्रिया, स्थानीय नेतृत्वका विवाद र पार्टी नेतृत्वप्रति घट्दो विश्वास देखिएको विश्लेषकहरूको धारणा छ ।
सबैभन्दा न्यून उपस्थिति धनुषा–२ (१.३६ प्रतिशत) मा देखियो, जहाँ विवादपछि सर्वसम्मति प्रक्रियामा फर्कँदै गर्दा मतदान रोकिए पनि १८० खसेका मत मात्रै गणना गरिएको थियो ।
धेरैजसो प्रदेशमा स्थिति उस्तै रह्यो । मधेशमा औसत ३०.२५ प्रतिशत, गण्डकीमा ४२.१३ प्रतिशत, लुम्बिनीमा ४०.३६ प्रतिशत, सुदूरपश्चिममा ४१.५५ प्रतिशत, बागमतीमा ४६.०९ प्रतिशत र कर्णालीमा त १२ मध्ये ११ क्षेत्रमा सर्वसम्मति भयो । कोशी प्रदेश भने अपवाद रह्यो, जहाँ १९ क्षेत्रमा मतदान हुँदा औसत ५९.९० प्रतिशत मत खस्यो ।
विश्लेषकहरूका अनुसार यो कम सहभागिता मौन विरोध हो । नेतृत्वप्रति असन्तुष्टि र पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको संकेत । धेरै कार्यकर्ताले नीति र नेतृत्वप्रति असहमति सूचक रूपमा मतदानबाटै दूर बसेको टिप्पणी छ ।
१) ५८ क्षेत्रमा मात्रै मतदान, औसत सहभागिता ४६.९९ प्रतिशत । १६५ मध्ये १०७ क्षेत्रमा सर्वसम्मति, ५८ क्षेत्रमा मात्र मतदान । मतदान भएका ५८ क्षेत्रमा आधाभन्दा बढी संगठित सदस्य मतदानमा आएनन् ।
२) अत्यन्त कम सहभागिता भएका क्षेत्र : धनुषा–२ : १.३६ प्रतिशत (१३,१७८ मध्ये १८० मत) विवाद, सर्वसम्मतिमै फर्किन खोज्दा, सूचना अस्पष्टता कारण मत खसेन ।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली धेरै क्षेत्रमा ५० प्रतिशत पनि कटेन ।
३) सबैभन्दा धेरै सहभागिता
झापा–३ : ७८.३३ प्रतिशत
काठमाडौं–१ : ६१.८० प्रतिशत
कोशी प्रदेश औसत : ५९.९० प्रतिशत
४) मधेशमा सबैभन्दा कमजोर सहभागिता औसत ३०.२५ प्रतिशत, धेरै क्षेत्रमा सूचना नपाउने, विवाद, गुटबन्दी, नेतृत्वप्रति रोष ।
५) नेतृत्वप्रति विश्वास संकट






















