काठमाडौं– उर्जामन्त्री कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुने भएको छ ।
आज (बुधबार, मंसिर १७) दिउँसो १ः०० बजे उद्घाटन हुने उक्त पार्टीले जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा उद्घाटन हुने भएको हो । मन्त्री घिसिङले पार्टीको औपचारिक घोषणा गर्नेछन् ।
घोषणा कार्यक्रममा हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार पनि उपस्थित हुनेछन् ।
कार्यक्रममा देशैभरका शुभेच्छुक, शुभचिन्तक तथा उज्यालो नेपाल र हाम्रो पार्टी नेपालमा आस्था र विचार राख्ने सबैलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















