images
images
  • एसिसी यू–१९ प्रिमियर कप : यूएईविरुद्ध नेपालले पहिला बलिङ गर्दै

    काठमाडौँ संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी एसिसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटमा उपाधिका लागि नेपालले आज यूएईविरुद्ध टस जितेर पहिला बलिङ गरिरहेको छ । यूएईलाई हराएर आज च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दै छ ।

    उपाधि भिडन्त आअहिले अजमानस्थित करवान मैदानमा खेल भइरहेको छ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो ।

    नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ ।

    सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।

    तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images