images
images
  • एसिसी यू–१९ प्रिमियर कप : उपाधिका लागि आज नेपाल युएईविरुद्ध भिड्दै

    काठमाडौँ एसिसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि आज (सोमबार) बिहान १०ः३० बजे युएईको अजमानस्थित करवान मैदानमा खेल हुनेछ ।

    नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

    सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।

    तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यू१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images