images
images
  • एनपीएल : लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य

    काठमाडौँ – लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टीट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४३ रन बनाए ।

    लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै दिलिप नाथले ३१ रन बनाउँदा ड्रेसी शर्ट र सुमित महर्जनले समान १८१८ रनको योगदा गरे ।

    लुम्बिनीका गुल्बदिन नैबले ११ रन बनाउन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सुूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तीनतीन विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images