काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध एकै ओभरमा तीन विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ट्रम्पलम्यानको रुपमा पाँचौं विकेट गुमाएको हो । नैबलाई सुदूरपश्चिमका अविनाश बोहराको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिट मार्फत रन आउट गराएका हुन् ।
त्यस्तै अविनासले १७ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । अविनाशले नै १७औँ ओभरको दोस्रो बलमा गुल्बदीन नैबलाई क्याच आउट गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















