काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो सँगै लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको छ ।
अङ्कतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अङ्कसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अङ्कसहित छैटौँ स्थानमा छ ।
लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















