images
images
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौँ बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो ।

    यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।

    विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको छ । गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images