images
images
  • मेलम्ची र हेलम्बुका बाढीपीडितलाई भेट्न प्रधानमन्त्री सिन्धुपाल्चोक जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार)सिन्धुपाल्चोक जाँदैछन् । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लागेको जनाइएको छ ।

    ओलीले आज बिहान १० बजे हेलम्बुका बाढी पीडितलाई भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मेलम्चीमा आएर पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले असार १ गते मेलम्ची खोलामा आएको बाढीले पुर्‍याएको क्षति अवलोकन गर्ने जनाइएको छ ।

    मनसुन शुरुवात भए लगतैको बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा ठूलो जजनधनको क्षति पुगेको छ । यस वर्षको मनसुनबाट अहिलेसम्म ५१ जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता छन् । बाढी, पहिरो र डुबानबाट ७१ जना घाइते भएका छन् । वेपत्ता हुनेमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी २० जना रहेका छन् ।

    बाढी–पहिरोमा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images