images
images
  • शिक्षक महासंघले गर्यो अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयनको माग

    काठमाडौँ – नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ ।

    शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो ।

    ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्री  पुनलाई भनेको महासंघले जनाएको छ ।

    गत चैत–वैशाखमा शिक्षकहरुले काठमाडौंमा आन्दोलन गरेपछि सरकारसँग ९ बुँदे सहमति भएको थियो । सहमतिमा असार महिनाभित्रै शिक्षा ऐन जारी गर्ने लगायतका बुँदाहरु छन् । तर ती सहमति कार्यान्वयन नभएको शिक्षकहरुको गुनासो छ ।

    साथै २०८१ जेठमा जारी भएको सरुवा निर्देशिका व्यवहारिक नभएको भन्दै शिक्षकहरूले खारेजीको माग राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images