images
images
  • एनपीएल : १७ ओभर सकिँदा विराटनगरले ५ विकेट गुमाउँदै बनायो १०९ रन

    काठमाडौँ – नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्सले पाँचौँ विकेट गुमाएको छ । जनकपुरको कसिलो बलिङ सामु विराटनगरले १७ ओभर सकिँदा ५ विकेटको क्षतिमा १०९ रन बनाएको हो ।

    रुपेश सिंहले नारायण जोशीलाई २ रनमा आउट गरेका हुन् । उनले एकै ओभरमा २ विकेट लिए । त्यसअघि चौथो विकेटको रूपमा बसिर अहमदलाई जनकपुरका रुपेश सिंहले आउट गरेका थिए ।

    यस्तै तेस्रो विकेटको रूपमा जनकपुरले विराटनगरका ओपनर लोकश बमलाई २८ रनले आउट गरेको थियो । यसअघि अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट भएका थिए भने स्टार ब्याटर मार्टिन गप्टिलले १५ बलमा जम्मा १३ रन बनाएर आउट भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images